सिआईसि एजुकेसन हब: विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि परामर्श दिइने

पोखरा । विगत लामो समयदेखि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि नेपालकै नं. १ उत्कृष्ट परामर्शदाता कम्पनीको रुपमा परिचित, राष्ट्रिय स्तरमा मान्यता प्राप्त सिआईसि एजुकेसन हबले आफ्नो सेवा विस्तार गर्दै पोखरामा नयाँ कार्यालय स्थापना गरेको छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको यस कम्पनीले अब पश्चिम क्षेत्रका, विशेष गरी पोखरा र आसपासका, विद्यार्थीहरुलाई लक्षित गरी सेवा सुरु गरेको हो।

संस्थाका निर्देशक राजेश अधिकारीले जानकारी दिए अनुसार, पोखरामा कार्यालय स्थापना गर्नुको मुख्य उद्देश्य यस क्षेत्रका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ, भिसा आवेदन, भाषा शिक्षा तथा भिसा आवेदन सम्बन्धी दस्तावेजीकरण  (Documentation) सम्मका सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध गराउनु हो। हामीले विश्वका उत्कृष्ट शिक्षा प्रदायक देशहरु जस्तै क्यानडा, अमेरिका, अष्ट्रेलिया, युके तथा न्युजिल्याण्ड लगायतका देशहरुमा विद्यार्थीहरुको चाहना र करियरलाई विशेष ध्यान दिँदै उच्च शिक्षा अध्ययनको लागि उत्कृष्ट परामर्श दिँदै आएका छौं, अधिकारीले भने, पोखरा तथा आसपासका विद्यार्थीहरुले अब यो सुविधा आफ्नै शहरबाट पाउनेछन्।

उनले थप बताए अनुसार, वैदेशिक अध्ययनका लागि आवश्यक पूर्वतयारी कक्षा, भाषा शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुसहित स्थापना भएको यस शाखामा विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी अत्यन्तै सरल शुल्कमा उत्कृष्ट प्रशिक्षकहरुबाट शिक्षा प्रदान गरिनेछ।

किन विदेश जान चाहन्छन् नेपाली विद्यार्थी
कुराकानीका क्रममा निर्देशक अधिकारीले पछिल्लो समय नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित हुनुका पछाडि विभिन्न कारणहरु औंल्याए ।

गुणस्तरीय शिक्षा:  विदेशी शिक्षालयहरुमा आधुनिक पठनपाठन प्रणाली, उत्कृष्ट पूर्वाधार, र अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र।

अन्तर्राष्ट्रिय अनुभव: विभिन्न देशका संस्कृति, भाषा र वातावरणमा घुलमिल हुँदा फराकिलो सोच र अन्तर्राष्ट्रिय एक्सपोजर।

उत्तम रोजगारीको अवसर: अध्ययन पश्चात् काम गर्ने अनुमति (Post Study Work Visa) र करियर विकासका लागि सहयोग।

स्वदेशमा सीमित अवसरहरु:  अध्ययनका विकल्प सीमित, प्राविधिक विषयको कमी, प्रतिस्पर्धात्मक प्रवेश परीक्षा तथा रोजगारीका कारण।

स्थायी बसोबासको सम्भावना: अष्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा स्थायी आवास (PR) को सम्भावना। छात्रवृत्ति र आर्थिक सहयोगस् विश्वविद्यालयहरुबाट प्राप्त हुने छात्रवृत्ति तथा पार्ट-टाइम काम गर्ने सुविधाले खर्च व्यवस्थापनमा सहजता।

व्यक्तिगत विकास: आत्मनिर्भरता, भाषा दक्षता, र नेतृत्व क्षमताको विकास।

आधुनिक शैक्षिक सुविधाहरु: अत्याधुनिक ल्याब, लाइब्रेरी, अनुसन्धान तथा उद्योगसँग जोडिएका कार्यक्रमहरु।

राम्रो जीवनस्तर: गुणस्तरीय सेवा सुविधा, स्वास्थ्य, यातायात र सुरक्षित वातावरण।

सिआईसि एजुकेसन हब नै किन ?

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि किन सिआईसि एजुकेसन हब नै पहिलो रोजाईमा पर्‍यो ?

विगत लामो समयदेखि दक्ष तथा उत्कृष्ट परामर्शदाताहरुबाट परामर्श, विदेशस्थित विश्वविद्यालय तथा कलेजहरुसँग उत्कृष्ट शैक्षिक सम्बन्ध, अनुभवी कर्मचारीहरुबाट भरपर्दो मार्गदर्शन तथा डकुमेन्टेसन सम्बन्धी कार्य, आवेदन प्रक्रियाका हरेक चरणमा सहजीकरण, विद्यार्थीहरुको करियरलाई विशेष ध्यान, र वास्तविक एवं इमान्दारिताका साथ काम गर्ने हाम्रो प्रतिबद्धताले नै हामीलाई विद्यार्थीहरुको पहिलो रोजाइ बनाएको हो, अधिकारीले भने ।

पोखरामा सिआईसि एजुकेसन हबको आगमनले वैदेशिक अध्ययनको सपना बोकेका यस क्षेत्रका विद्यार्थीहरुलाई निःसन्देह ठूलो राहत र सही मार्गदर्शन मिल्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.