काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शत प्रतिशत विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्कब्याज छुट पाउने भएका हुन् ।
जेठ ७ गतेदेखि असार १५ गतेसम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनजार्गरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्कब्याज छुट दिने कम्पनीले जनाएको छ ।
जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई दुई वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरुमा कम्पनीले विलम्ब शुल्क ब्याज छुट बीमा अवधिभरि एक पटक मात्र पाईने जनाएको छ ।
Comments are closed.