सिटिजन्स सदाबहार योजनामा आषाढ २७ सम्म आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना “सिटिजन्स सदाबहार योजना” मा आवेदन दिने म्याद यही आषाढ २७ गते (शुक्रबार) साँझ ५ बजेसम्म मात्र खुला रहेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवद्र्धन तथा सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा रहेको यस योजनाको आकार ५० करोड रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस योजनामा मिति २०८२ आषाढ १३ गतेदेखि इकाई विक्रि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाई (रु. १,०००) देखि अधिकतम ५ लाख इकाई (रु. ५ करोड) सम्मको आवेदन दिन सक्नेछन्। प्रति इकाईको मूल्य रु. १० तोकिएको छ।

योजनामा आवेदन दिनको लागि मेरो शेयर खाता मार्फत वा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार यस योजनाबाट औसत वार्षिक प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ। कम्पनीले लगानी व्यवस्थापन, वित्तीय परामर्श, र म्युचुअल फण्डमार्फत नयाँ आयाम थप्दै पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो र यसमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह-लगानी रहेको छ।

कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र सीईओ सबिर बादे श्रेष्ठ रहेका छन्। काठमाडौंबाट बाहिर रहेका लगानीकर्ताहरूका लागि समेत देशभरका सिटिजन्स बैंकका शाखाबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.