सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका सातवटै प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धिका लागि आयोजना गरेको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको यस अभियानबाट करिब १० हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

बैंकका अनुसार कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमहरूमा महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने तयारीमा रहेका युवालगायत विभिन्न वर्गका सहभागीहरूलाई लक्षित गरिएको थियो ।

कार्यक्रममार्फत सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता, महत्व, र जिम्मेवार वित्तीय व्यवहारका बारेमा सचेतना दिइयो । साथै, डिजिटल बैंकिङको विकाससँगै बढिरहेको साइबर अपराध र वित्तीय जोखिमबारे समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता कार्यमा बैंकिङ प्रणालीकै प्रयोग गर्न आग्रह गर्दै बैंकिङ प्रणालीलाई अझ बलियो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत यसअघि पनि स्वास्थ्य शिविर, सामुदायिक विद्यालय, तथा असहाय र पिछडिएका वर्गका संस्थाहरूमा सहयोग गर्दै आएको छ ।

हालै मात्र विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ उपाधि जित्न सफल बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। यस्तै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋण चुक्ता नम्बर सेवा सुरु गर्ने बैंक बनेको छ ।

हाल बैंकले देशभरका ६१ जिल्लामा २०० शाखा, १६७ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख १२ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.