सिटिजन्स बैंकको १४ हजार १०१.१४ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले १४ हजार १०१.१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी डम्बर देव न्यौपानेको उक्त सेयर विक्री गर्न हो ।

बैंकका संस्थापक सेयरधनी न्यौपानेले आफ्नो नाममा रहेको १४ हजार १०१.१४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

उक्त प्रति सेयरको मूल्य १ सय ३० रूपैयाँ तोकिएको छ । उक्त सेयर खदिका लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्ने छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै, तोकिएको समय समयभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले सूचनामा जनाएको छ ।

 

You might also like

Comments are closed.