सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको धनगढी शाखाले १६औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गौरीगंगा नगरपालिका-५ अण्डैयामा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।

शिविरमा अत्तरिया अस्पतालका डा आनन्द पाठक, डा. अनिशकुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसरसहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए ।

बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरुमार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ ।

You might also like

Comments are closed.