काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र सिटिजन्स फ्रील्यान्सर सेभिङ्ग अकाउन्ट सार्वजनिक गरेको छ।
२०६४ साल बैशाख ७ गते स्थापना भएको बैंकले २०८२ साल बैशाख ७ मा १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ। हालसम्म बैंकले १८ लाख ७९ हजार ग्राहकलाई सेवा दिइसकेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप करिब २ खर्ब २ अर्ब र कर्जा करिब १ खर्ब ७३ अर्ब पुगेको छ।
बार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा आयोजित प्रभातफेरीमा ९२१ भन्दा बढी कर्मचारी सहभागी भएका थिए। त्यसैगरी, ३३ शाखामार्फत ९१३ जनाको सहभागितामा नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सम्पन्न भयो।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिंदै बैंकले “Tap & Pay” सेवा अन्तर्गत आफ्नो मोबाइल बैंकिङबाट रू ५,००० सम्मको क्यूआर भुक्तानी सुविधा उपलब्ध गराएको छ। साथै, नेपालमै पहिलो पटक Cross-Bank Teller QR Payment सेवा सुरु गरी अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरी नगद भुक्तानी प्राप्त गर्न सक्ने सुविधा सुरु गरेको छ। यस प्रविधिले डिजिटल भुक्तानीलाई झनै सहज, द्रुत र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
सिटिजन्स बैंकले फ्रील्यान्सरहरूलाई लक्षित गर्दै Citizens Freelancer Saving Account संचालनमा ल्याएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा बचत खाता खोल्न मिल्ने यस सुविधामा उच्चतम ब्याजदर प्रदान गरिनेछ। खाता खोल्ने ग्राहकलाई पहिलो वर्ष निःशुल्क स्वास्थ्य उपचार बीमा (रू २५,००० सम्म), दुर्घटना मृत्यु बीमा (९३ लाख सम्म), मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता सुविधा समेत प्रदान गरिनेछ।
Comments are closed.