पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका नदी तटीय क्षेत्रहरू गम्भीर रूपमा प्रभावित भएका छन् । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने हाल प्रभावित क्षेत्रहरूमा उद्धार, खोज, क्षति विवरण संकलन र राहत वितरणको कार्य निरन्तर जारी छ ।
यसैक्रममा बाढी प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले न्यूरोडस्थित ‘सिटिजन फर्निचर एण्ड फर्निसिङ’का सञ्चालक युवा उद्यमी दीपक कार्कीले एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेका छन् ।
उनले उक्त सहयोग रकम हिमालयन बैंक लिमिटेडको प्रधान कार्यालयमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गराएका हुन् । विपद्को यस विषम परिस्थितिमा प्रभावित परिवारको उद्धार, सहायता र पुनःस्थापना कार्यमा थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले आफूले यो सहयोग गरेको उद्यमी कार्कीले बताएका छन् ।




Comments are closed.