काठमाडौं । नागरिक लगानी कोषले आफ्ना बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई एक प्रतिशतका दरले थप प्रतिफल प्रदान गरेको छ। यस अन्तर्गत कोषले कुल एक अर्ब ५२ करोड रुपैयाँको प्रतिफल वितरण गरेको हो ।
कोष सञ्चालक समितिको निर्णय अनुसार, २०८१ साल असार मसान्तसम्म कोष मौज्दात भएका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको बचतमा आधारित भएर कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल उपलब्ध गराइएको हो ।
प्राप्त जानकारी अनुसार, सहभागीहरूको खातामा उक्त थप प्रतिफलको रकम जम्मा भइसकेको छ। यसअघि पनि नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई थप प्रतिफल वितरण गर्दै आएको छ, जसले दीर्घकालीन बचत योजनामा आम नागरिकको विश्वास बढाउँदै आएको छ ।
Comments are closed.