सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, चार जना सञ्चालक चयन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आगामी चार वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका छन् ।

निर्वाचित हुने संचालकहरुमा प्रदीप जङ्ग पाण्डे, सुमित कुमार अग्रवाल्, महेश स्वाँर र मनोज कार्की रहेका छन् । विशेष साधारण सभाले कम्पनीको पूँजी संरचना संशोधन गरी बीमा समितिले जारी गरेको निर्देशन बमोजिमको निर्णयहरु गरेको छ ।

त्यसै गरी मर्जर सम्बन्धि प्रकृया अघि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत बिशेष साधारण सभाले गरेको छ ।

jutta mela

You might also like

Comments are closed.