सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि शेयर सार्वजनिक निष्काशन गर्ने

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् ।

पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

jutta mela

साधारण सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक देवकी बिजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै साधारण सभाबाट सर्वसाधारणहरुको लागि शेयर सार्वजनिक निष्काशन गर्ने निर्णय समेत पारित गरेको छ ।

You might also like

Comments are closed.