सिटिजन लाइफ इन्स्योरेन्सले संचालनमा ल्यायो डायनामिक क्युआर पेमेन्ट सिस्टम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा ल्याएको छ ।

आज काठमाडौंको बबरमहलस्थित कार्की ब्यान्केटमा कम्पनीको एक कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ता एवं कर्मचारीको उपस्थितीमा कम्पनीका बीमितद्वारा बीमाशूल्कको प्रत्यक्ष भुक्तानी (लाइभ पेमेन्ट) गरी यस सेवाको उद्घाटन गरिएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई-सेवासँगको सहकार्यमा यस सिस्टम संचालनमा ल्याएको हो ।डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्नेछ र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुनेछ । यस प्रकारको सिस्टमले सम्पत्ती सुद्धिकरणमा समेत सहयोग पुग्ने छ ।

jutta mela

अब सिटिजन लाइफ इन्स्योरेन्सको देशैभरिका १४० शाखा तथा उपशाखा कार्यालयहरुबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै भुक्तानी गर्न सकिनेछ ।

You might also like

Comments are closed.