सिटिजन लाइफको ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकाल देखि नै जीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुंचमा पु¥याइ बीमाको सचेतना वढाउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ति कार्यक्रम मध्य विभिन्न विद्यालय तथा कलेजहरुमा “विद्यार्र्थीसँग बीमा” कार्यक्रम पनि एक हो ।

कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठद्वारा उद्घघाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागी निकै नै सचेतना मुलक र लाभदायी देखिएको कम्पनीले जनाएको छ । जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४०० विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्र्थीलाई बीमा सम्बन्धी ज्ञान दिईसकेको छ ।  कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा बीमा सम्वन्धी कार्यक्रम गर्दै आइरहेको बताइएको छ ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पूंजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पु¥याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत पु¥याएको बताइएको छ ।

jutta mela

आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यावसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

You might also like

Comments are closed.