सिटिजन लाइफ इन्स्योरेन्सका बीमित गुरुङलाई उपचार खर्च भुक्तानी

लमजुङ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बीमित कुल प्रसाद गुरुङले उपचार खर्च प्राप्त गरेका छन् । कम्पनीको लमजुङ शाखामार्फत बीमा गरेका उनले उपचार खर्च बापत करिब दश लाख रुपैयाँ रकम प्राप्त गरेका हुन् ।

लमजुङको क्व्होलासोथारका गुरुङ शान्ति देवी प्राथमिक विद्यालयका शिक्षक समेत हुन् । विद्यालयमै पुगेर कम्पनीले दाबी भुक्तानी बापत ९ लाख ५५ हजार ६ सय १२ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले जानकारी दिए ।

jutta mela

गुरुङले दुई वर्ष अगाडि दश लाख बीमालेखको सिटिजन शुभारम्भ बीमा योजना खरिद गरेका थिए । केही समयदेखि ब्रेन हेमेज रोग देखिएपछि उनी उपचाररत छन् ।

बीमितले लिएको सुरक्षा योजना अन्तर्गत उक्त रकम कम्पनीले उपलब्ध गराएको पौडेलले बताए । वडा अध्यक्ष लुबेन्द्र गुरुङ, विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, लगायतको उपस्थितिमा उपचार खर्च बापत चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक हिरा घलेले जानकारी दिए ।

You might also like

Comments are closed.