सिटिजन लाइफ इन्स्योरेन्सको सातौंं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौंं वार्षिक साधारण सभा  आइतबार सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण पारित गरेको छ ।

साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न श्री एस.ए.आर. एशोशियट्स, चार्टर्ड एकाउन्टेन्सलाई कम्पनीको लेखापरीक्षकमा नियूक्ती गरेको छ ।

jutta mela

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चूक्ता पुंजी रु. ३ अर्ब ७५ करोडको ५ (पांच) प्रतिशतका दरले हूने रकम रु. १८ करोड ७५ लाख बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हूने रकम ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस शेयर वितरण पश्चात कम्पनीको तत्काल चूक्ता पुंजी वृद्धि हूने भएकोले सोही अनूसार कम्पनीको प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कूनै फेरबदल गर्न निर्देशन प्राप्त हून आएमा सो अनूसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसै गरी सो साधारण सभामा सर्वसाधारण शेयरधनी समुहबाट २ (दूई) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेकोमा दावा फूटी शेर्पा र भेज प्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.