सिटिजन लाइफद्वारा मृत्यु दावी भुक्तानी

पोखरा । सिटिजन लाइफ इन्स्योरेन्स लेखनाथ शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । पोखरा ३० घर भएका रुद्रबहादुर केसीको हृदयघातका कारण निधन भएपछि बीमा बापतको रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

लेखनाथ शाखामार्फत २ वर्ष अगाडि २० लाख रुपैयाँ बिमांकको बीमा गराएका केसीको गत फागुनमा निधन भएको थियो ।

लेखनाथ शाखामा मंगलबार आयोजीत एक कार्यक्रमबीच स्वर्गीय केसीकी श्रीमती रेखा थापालाई बीमा दावी रकम २१ लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख छबिलाल पौडेलले उनलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा बोल्दै पौडेलले बीमा सजिलो अवस्थामा बचत तथा लगानी हुने अप्ठ्यारो अवस्थामा बीमितको आश्रित परिवारका लागि आर्थिक सहयोगी हुने बताए । ‘बीमा कुनै घटना घटिसकेपछि वा रोग लागिसकेपछि खरिद गर्न नपाइने हुँदा सामान्य अवस्थामा नै बीमा गर्नुपर्छ,’ उनले भने ।

शाखा प्रमुख सर्बेन्द्र न्यौपाने, सिनियर एजेन्सी म्योनजर नन्दित सुवेदी, बलनारायण श्रेष्ठ, समाजसेवी राजेन्द्रमणि लामिछाने लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।

You might also like

Comments are closed.