सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई ट्र्याकसुट वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई ट्र्याकसुट सहयोग प्रदान गरेकोे छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयका २०५ बालबालिलाई बैंकले सोे सहयोग गरेको हो ।यो विद्यालय २०५२ वर्ष देखी स्थापना भई सञ्चालनमा आएको हो ।

विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु हस्तान्तरण गरेका छन् । यस कार्यक्रम अन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाक वितरण गरेको छ, जसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउनेछ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेकोबे.कले जनाएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

You might also like

Comments are closed.