सिटिजन्स बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले हिमाल हस्पिटल प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हिमाल हस्पिटल प्रा.लि. मा १० प्रतिशतसम्मको छुट पाउनेछन् । छुटबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा बैंकले विशेष छुट सेवासमेत उपलब्ध गरइरहेको बताइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ इकाइबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.