सिटिजन्स बैंकका ग्राहकलाई आरबी डायग्नोस्टिकमा छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं ज्ञानेश्वरस्थित आरबी डायग्नोस्टिक प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आर बि डायग्नोस्टिमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट करीब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदानगर्दै आएको बताइएको छ ।

You might also like

Comments are closed.