काठमाडौं । सिट्रोन गाडीको मूल्यमा भारी छुट उपलब्ध गराइएको छ । सिट्रोनका लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले आकर्षक अफर सार्वजनिक गरेको छ ।
अब ग्राहकहरूले सिट्रोन सि३ पेट्रोल कम्प्याक्ट एसयुभीलाई केबल २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो मूल्यमा एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स सुविधा पनि उपलब्ध हुनेछ । यस अगाडि यो गाडीको मूल्य ३६ लाख ५० हजार रुपैयाँमा कायम थियो । विशेष छुट उपलब्ध गराउँदै कम्पनीले यो अफर सीमित अवधिका लागि कायम रहने पनि जनाएको छ ।
सामान्यतया ह्याचब्याक गाडीकै मूल्यमा कम्प्याक्ट एसयुभी खरिद गर्ने अवसर ग्राहकलाई प्राप्त भएको छ । स्टक रहेका गाडीको स्टक आउट गर्नका लागि कम्पनीले आकर्षक छुट उपलब्ध गराएको हो ।
सिट्रोन सि३ मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । १२०० सीसीको शक्तिशाली पेट्रोल इन्जिन, इलेक्ट्रिक एड्जस्टेबल ओआरभिएम (साइड मिरर), एसयुभी स्तरको ग्राउन्ड क्लियरेन्स र डिजाइन लगायतका विशेषता यो गाडीमा उपलब्ध छन् ।
‘ह्याचब्याकको दाममा एसयुभी’ नारासहित सार्वजनिक गरिएको यो अफरले ग्राहकहरु लाभान्वित हुने कम्पनीको विश्वास छ । स्टाइल, सुविधा र मूल्यका हिसाबले सिट्रोन सि३ उपयुक्त गाडी बन्न सक्छ । फ्रेन्च अटो ब्राण्ड सिट्रोन सि३ भारतमा बनेको गाडी हो ।
Comments are closed.