सौराहामा संचालनमा आयो सिभिल बैंकको १०२ औं एटिएम

काठमाडौं । चितवनको सौराहामा सिभिल बैंकले १०२ औं एटीएम सञ्चालनमा ल्याएको छ ।

उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्तगरेका हुन् ।

अब सौराहा क्षेत्रका सेवाग्राहीहरूले उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले जनाएको छ ।
यस बैंकले देशका विभिन्न १०२ ठाउँहरुमा एटीएम सञ्चालनमा ल्याएको छ ।

jutta mela

बैंकले देशभरीमा ११५ शाखा, १०२ एटीएम, १३ एक्सटेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।बैंकमा करीव आठ लाख ग्राहकहरु छन् ।

You might also like

Comments are closed.