काठमाडौं । सिभिल बैंक लिमिटेडले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




Comments are closed.