बेगनास ताल परिसरमा सिभिलको क्यू आर कोड भूक्तानी प्रणाली

पोखरा । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले आम मानिसको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरेका छन् । सोही क्रममा शुक्रबार सिभिल बैंकले पोखरा –३१ बेगनास ताल परिसरमा क्युआर भुक्तानी सेवा शुरु गरेको छ ।

ग्राहकको सहजताका लागि बैंकले सो सेवा उपलब्ध गराएको हो । बेगनास तालमा आउने पर्यटकले क्युआर कोड बाट सजिलै पैसा तिर्न सक्ने बैंकले जनाएको छ ।

विश्व वित्तिय सप्ताह मनाउने क्रममा सिभिल बैक लि. ले पोखरा–३१, बेगनासतालमा डुङ्गा व्यवसायी हरु माझ वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराई ले नगदरहित कारोबारको र क्यु आर कोडको महत्व बारे प्रकाश पारेका थिए । बेगनासताल डुङ्गा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कंडेललाई सिभिल बैंक लि. को क्यु आर कोड हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा सिभिल बैंक लि. गण्डकी प्रदेश प्रमुख समिर के.सी. र डुङ्गा व्यवसायी श्री ढकनाथ कंडेलले क्यु आर कोडको महत्वका विषयमा बोलेका थिए । उक्त कार्यक्रम सिभिल बैंक शिवचोक शाखाका प्रबन्धक हरिकृष्ण अधिकारीले सन्चालन गरेका थिए ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्युआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोवारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोवारलाई प्रश्रय दिन र क्यासलेस कारोवारलाई बढावा दिनका लागि सिभिल बैंकले क्युआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.