काठमाडौं । मध्यम आकारको मोटरसाइकल (२५० सीसी – ७५० सीसी ) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ ।
पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुऱ्याइने छ । त्यस्तै, पोखरामा एक कार्यक्रमबीच पश्मिाञ्चल अटोमबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दिपेन्द्र कोईरालाले लन्च गरेका हुन् । जस्को बिक्री प्रबन्धकमा बुलेट ट्रेडर्स प्रा.ली रहेको छ ।
यी मोटरसाइकलमा टाइप सी युएसबी चार्जर, गियर सुचक जनाउने गियर इन्डिकेटर पनि राखिएको छ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक ३५० को सबै भेरियन्टमा एवीएस उपलब्ध हुनेछ ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक कलरमा उपलब्ध हुनेछ । हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा गरी कुल पाँच भेरियन्टमा उपलब्ध यसको प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन दिइएको छ । यी मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ५५ हजार, ५ लाख ६६ हजार, ५ लाख ६६ हजार, ५ लाख ७३ हजार र ५ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
Comments are closed.