क्लासिक म्याट्रेसको वार्षिकोत्सवको अवसरमा चाडपर्व लक्षित विशेष अफर सार्वजनिक

काठमाडौं । क्लासिक म्याट्रेसले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा चाडपर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ । क्लासिकले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष उत्सव अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ग्राहकले म्याट्रेस तथा सेतो ब्ल्याङ्केट खरिदमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, छनोट गरिएका म्याट्रेसमा आकर्षक उपहार, लक्की ड्रमार्फत विभिन्न पुरस्कार पनि रहेका छन् । १० हजार रुपैयाँभन्दा बढीको सामान किनेमा स्पिन–द–ह्वीलमार्फत तन्ना, कुसन, टावेल, ब्ल्याङ्केट, पर्दा लगायतका आकर्षक पुरस्कार जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ ।

चाडपर्वको अवसरमा ग्राहकलाई आरामदायी निद्रा र गुणस्तरीय जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले अफर ल्याइएको कम्पनीले जनाएको छ।  अफरले वार्षिकोत्सवसँगै ग्राहकका लागि चाडपर्वको खुसीलाई थप विशेष बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार अफर असोज १५ गतेदेखि मंसिर ५ गतेसम्म अर्थात् १ अक्टोबरदेखि २१ नोभेम्बरसम्म लागू हुनेछ।

You might also like

Comments are closed.