को-अपरेटिभ म्यानेजर्स क्लब अध्यक्षमा अपिल कोइराला

पोखरा । सहकारीका प्रवन्धकहरु आबद्ध संस्था को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कास्कीको अध्यक्षमा अपिल कोइराला निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा हरिप्रसाद पन्थी, सचिवमा मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा सन्तोष त्रिपाठी र सहसचिवमा सन्तोष रानाभाट निर्वाचित भएका छन् । सदस्यमा प्रेमसागर अधिकारी, किरण अधिकारी, विष्णुप्रसाद अधिकारी, जगन्नाथ तिमिल्सिना, निरु थापा र सुवास अधिकारी छन् ।

सर्वसम्मत अध्यक्ष निर्वाचित गराउने सम्पूर्ण क्लबका सदस्यहरुप्रति नवनिर्वाचित अध्यक्ष कोइरालाले आभार व्यक्त गरेका छन् । प्रवन्धकहरुको क्षमता अभिबृद्धि लगायतका कार्यक्रममा संस्थाले काम गर्ने उनले बताए ।

jutta mela

You might also like

Comments are closed.