व्यवस्थापकहरुको क्षमता अभिबृद्धि गर्नु नै सिएमसीको मुख्य उद्देश्य हो (अन्तर्वार्ता)

अपिल कोइराला, अध्यक्ष, सिएमसी कास्की

सहकारीका व्यवस्थापकहरुको क्षमता बढाउने मुख्य उद्देश्यसहित कास्कीमा को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) सक्रिय छ । संस्थामा हाल १२५ सदस्य आबद्ध छन् । ६५औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा हामीले सिएमसी कास्कीका अध्यक्ष अपिल कोइरालासँग संस्थाको गतिविधि, उद्देश्य लगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौंः

सिएमसी कास्कीले केकस्ता गतिविधि गर्दै आइरहेको छ ?

सिएमसी कास्की गठन हुनुको मुख्य उद्देश्य नै सहकारीका व्यवस्थापकहरुलाई क्षमता अभिबृद्धि गर्नु नै हो । व्यवस्थापकहरुबीच आत्मीयकता बढाउने र तालिम तथा प्रशिक्षणमार्फत क्षमता बढाउने नै हाम्रो उद्देश्य हो । सोही उद्देश्य अनुसार हामीले समय समयमा तालिमहरु आयोजना गर्दै आइरहेका छौं । सहकारीसँग सम्बन्धित विभिन्न विषयमा तालिमहरु आयोजना भएका छन् । पछिल्लो समय हामीले १६ जनालाई टट ट्रेनिङ दिएर प्रशिक्षक बनाएका छौं ।

jutta mela

६५औं राष्ट्रिय सहकारी दिवसमा यहाँहरुको भूमिका के रहन्छ ?

सिएमसीले छुट्टै कुनै पनि कार्यक्रम गर्दैन । हामी जिल्ला सहकारी संघ अन्तर्गत रहेको संस्था हो । हामीले जिल्ला सहकारी संघले आह्वान गरेको कार्यक्रमलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्छौं । हरेक समिति तथा उपसमितिमा सिएमसी कास्की जोडिएको छ । सहकारी दिवस मनाउने क्रममा जिल्लामा हुने सम्पूर्ण कार्यक्रम सफल बनाउन व्यवस्थापन, प्राविधिक सहयोग लगायतमा हामीले प्रत्यक्ष योगदान गर्नेछौं ।

सिएमसी कास्कीमा कति सदस्य आबद्ध छन् ?

सिएमसी कास्की २०७३ मा गठन भएको संस्था हो । त्यसपछि संस्था दर्ता २०७५ मा भयो । हाल सिएमसी कास्कीमा १ सय २५ जना सदस्य आवद्ध छन् । सिएमसी कास्कीको संस्थापक अध्यक्ष मीलन ढकाल र निबर्तमान अध्यक्ष डम्बरसिंह बस्नेत रहनुभएको छ ।

सिएमसी गठनले कास्कीका सहकारीलाई के टेवा पुगेको छ ?

हाम्रो मुख्य उद्देश्य व्यवस्थापकहरुको क्षमता अभिबृद्धि नै हो । हामी यसमा सफल भएका छौं । व्यवस्थापकहरुको क्षमता अभिबृद्धि हुँदा त्यसको प्रत्यक्ष योगदान सहकारी संस्थामा हुन्छ । व्यवस्थापक क्षमतावान भएपछि संस्थाको प्रगति राम्रो हुन्छ र त्यसको प्रत्यक्ष लाभ सेयर सदस्यलाई हुन्छ । अर्को हाम्रो उद्देश्य सहकारी संस्थामा एक रुपमा ल्याउने पनि रहेको छ । हाम्रो नारा नै ‘व्यवस्थाकहरुको क्षमता, सहकारीमा संस्थामा एक रुपता’ रहेको छ । यही नारालाई आत्मसाथ गर्दै हामी अगाडि बढिरहेका छौं ।

सिएमसीको आगामी योजना के छन् ?

मैले अगाडि पनि भने हाम्रो मुख्य उद्देश्य तालिम नै हो । हामी सधैं सहकारीका व्यवस्थापकको क्षमता बढाउनुपर्छ भन्ने मान्यतामा रहेर काम गर्नेछौं । व्यवस्थापनको स्किल, प्राविधिक तालिम आवश्यक पर्ने अन्य तालिमहरुको योजना बनाएका छौं । तालिम लगायतका गतिविधिमा सहकारी संघसंस्थाहरुसँग पनि सहकार्य गर्नेछौं ।

You might also like

Comments are closed.