प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) को प्राविधिक सहयोगमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कास्की जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि सञ्चालित प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार एक कार्यक्रमका विच समापन भएको छ ।

७ दिन सम्म सञ्चालित तालिमको समापन मन्तव्य राख्दै क्वलका संस्थापक अध्यक्ष मीलन ढकालले कास्की जिल्लामा सञ्चालित प्रारम्भिक सहकारीहरुलाई सहकारी सम्बन्धी तालिम प्रदान गर्नको लागि जनशक्ति अभाव भै यो तालिम आयोजना गरिएकोमा अवका दिनमा केही हद सम्म पुरा हुने विश्वास व्यक्त गरे । कुनै पनि तालिमको लागु गर्ने अवधि बढिमा ३० दिने हुने हुँदा सवै सहभागिले भोलिबाट नै यसलाई प्रयोगमा ल्याउन उनले अनुरोध गरेका छन् । तालिम लिनु र प्रमाण पत्र ग्रहण गर्नु कुनै ठुलो कुरा हैन यसलाई व्यवहारमा उतार्नु महत्वपुर्ण कुरा हो, उनले भने । यस्ता प्रकारका तालिमले गर्दा समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने भएको हुँदा यो तालिम आयोजना गरेकोमा CMC  कास्की र नेफ्स्कुनलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सहभागिको तर्फबाट शंकर प्रसाद पौडेल र विद्याता श्रेष्ठ द्धाले यस्ता खालका कार्यक्रमले हामी व्यवस्थापकहरुलाई थप उर्जा प्रदान गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । तालिम कार्यक्रममा नेफस्कुनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, प्राचार्य सञ्जय राज तिमिल्सेना, वरिष्ठ तालिम अधिकृत द्धय वल्लभ राज तिमिल्सिना र प्रेमनाथ वाग्लेले प्रशिक्षण दिएका थिए ।

तालिमको ७ दिन पुरा समय रहेका प्रमुख प्रशिक्षक वल्लभ तिमिल्सिनाले सहभागिहरुले राम्रो संग शिक्षा लिन सकेको विश्वास गर्दै नेफस्कुनले आगामी दिनमा आयोजना गर्ने तालिममा यहि जनशक्तिलाई नै सहभागि गराउदै लगिने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका क्लवका अध्यक्ष अपिल कोईरालाले क्लवको परिकल्पना अनुसार आफु निर्वाचित हुँने वेलामा गरेको प्रतिवद्धता  पुरा भएको र यसलाई पुरा गर्नको लागि सहभागिता जनाउने व्यवस्थापक र प्राविधिक सहयोग गर्ने नेफस्कुन प्रति आभार व्यक्त गरेका छन् । साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाएर लैजाने र नेफस्कुन संगको सहकार्यलाई निरन्तरता दिने बताए । सिएमसि कास्की एउटा क्वालिटी सर्कलको रुपमा रहेको र यसले सहकारीमा कार्यरत कर्मचारीहरुलाई दक्ष बनाई गुणस्तरिय संस्था निर्माण गर्ने अभियानमा रहेको जानकारी समेत अध्यक्ष कोइरालाले बताए । समापन कार्यक्रमको सञ्चालन सचिव मोहन प्रसाद अधिकारीले गरेका थिए ।

lcci
You might also like

Comments are closed.