पोखरामा सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम

पोखरा । कोअपरेटिभि म्यानेजर्स क्लव कास्कीको आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा पोखरा सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम आइतबार प्रारम्भ भएको छ । ३० जनाको सहभागिता रहने तालिम ४ गते सम्म संचालन हुनेछ ।

तालिम कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको र स्थापना काल देखी नै यो क्लव सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सवै सहकारी कर्मीले यसको अनुसरण गर्नुपर्ने धारण व्यक्त गरिन् ।  आगामी दिनमा जिल्ला सहकारी संघ लिमिटेड कास्की सिएमसि संग सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता समेत कोइरालाले व्यक्त गरिन् ।

कार्यक्रममा क्लवका मानार्थ सदस्य एवं सहकारी विज्ञ भिम गुरुङले क्लवले गरेका गतिविधिले गर्दा देशभर सिएमसिको खाँचो महसुस गरि थुप्रै सिएमसि क्लवहरु गठन भएको र जता ततै सिएमसी कास्कीको कामको प्रशंसा हुँदा गौरवको अनुभुत गरेको व्यक्त गरे । गुरुङले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न समेत सहभागि प्रशिक्षार्थीलाई अनुरोध गरेका छन् । ३ दिन सम्म सञ्चालन हुने तालिमको सहजिकरणको लागि नेफस्कुनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र सुमन राज घिमिरेले सहजिकरण गर्नेछन् । सिएमसी कास्कीका अध्यक्ष डम्मर सिंह बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरि प्रसाद पन्थीले गरेका थिए ।

jutta mela

व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता भन्ने मुल नाराका साथ २०७३ सालमा मीलन ढकालको अध्यक्षतामा क्वालिटी सर्कलको रुपमा स्थापित क्लवले थुप्रै तालिमहरु एवं गोष्ठीहरुको अयोजना गर्दै आएको छ । अध्यक्ष बस्नेतले भने, सहकारी सम्बन्धी तालिमको लागि जस्तो सुकै प्राविधिक सहयोग हामीले गर्छौ । त्यसै गरि सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउनको लागि प्रारम्भिक सहकारी संस्थालाई हामी सहयोग गर्दछौ । यो तालिम आयोजना गर्दा हाम्रो आफ्नो सिएमसीको ग्रुप छ त्यसमा राखेको ३० मिनेटमा सहभागिको संख्या पुरा भएकोले पुन २०७७ साल फागुन ९ गते देखी ११ गते सम्म यही तालिम आयोजना गरिएको छ ।

त्यसपनि आवश्यक संख्या तुरुन्त पुगेको हुँदा समय मिलाएर तेस्रो चरणको तालिम सञ्चालन गर्दछौं । निकट भविष्यमा कास्कीका व्यवस्थापकहरु लाई लक्षित गरि तालिम आयोजना गर्न लागिएको जानकारी दिए । सहकारीका ऐन नियमावली र नमुना नीति गरि ७०० पेजको पुस्तक समेत प्रकाशन गरिएको समेत अध्यक्ष बस्नेतले जानकारी दिए ।

You might also like

Comments are closed.