औद्योगिक क्षेत्रको जग्गा भाडा बृद्धि फिता गर्न परिसंघको माग

पोखरा । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गा भाडा बृद्धिको निर्णय तत्काल फिर्ता लिन नेपाल उद्योग परिसंघले माग गरेको छ ।

उक्त मागसहित संघको टोलीले उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको ध्यानाकर्षण गराएको छ ।

औद्योगिक क्षेत्रको जग्गा भाडा अत्याधिक बृद्धि हुँदा उद्योगी व्यवसायीहरु मर्काका परेको बताउँदै संघले भाडा बृद्धिको निर्णय तत्काल फिर्ता गराउन र दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरिएको संघका प्रदेश समन्वय समिति सभापति लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।

लिमिटेडले औद्योगिक क्षेत्रको भाडा ७० प्रतिशतसम्म बृद्धि गरेको छ । यो निर्णयको निजी क्षेत्रबाट बिरोध भइरहेको छ । कोरोना महामारी, आर्थिक मन्दी लगायतका समस्याको सामना गरिरहेका उद्योगलाई यो निर्णयले थप समस्यामा पार्ने निजी क्षेत्रको भनाइ छ ।

You might also like

Comments are closed.