हिजोको घटनाप्रति सिएनआई दुःखी, संयमता अपनाउन आह्वान

काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) ले हिजोको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै परिसंघले हिंसात्मक गतिविधिको कडा शब्दमा निन्दा गरेको छ।

विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, हिंसाले युवाहरूको आवाज दबाउनु राष्ट्रकै लागि ठूलो क्षति हुने उल्लेख गरिएको छ। परिसंघका अनुसार नेपालको भविष्य युवाको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर भएकाले संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

“समृद्धिको यात्रामा द्वन्द्वभन्दा संवाद, विभाजनभन्दा समझदारी, र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ । CNI ले शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आह्वान गर्दै लोकतान्त्रिक अभिव्यक्तिको सुरक्षासँगै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहललाई निरन्तर समर्थन गर्ने स्पष्ट पारेको छ।

 

You might also like

Comments are closed.