गोरखा । गोरखाको पालुङटारमा नेपाल कफी व्यवसायी महासंघको अवलोकन भ्रमण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महासंघको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले इको फ्रेन्डली एग्रो अर्गानिक कन्सेप्ट प्रा.लि. द्वारा सञ्चालित एकीकृत व्यावसायिक कफी फार्मको अवलोकन गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, गोरखाका सीडीओ तुलसी बहादुर श्रेष्ठ, पालुङटार नगरपालिका मेयर विवस चिन्तन लगायत स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न बस्तुगत संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले संघ सञ्चालनमा नवप्रवर्तन, सहकार्य र साझेदारीमार्फत समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले श्रेष्ठको नेतृत्वमा महासंघ अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै गरे ।
अवलोकन भ्रमणसँगै आयोजित मनोरञ्जन कार्यक्रममा सहभागीले कफी व्यवसायप्रति उत्साहजनक रुचि व्यक्त गरेको महासंघका महासचिव सन्तोष पोखरेलले बताए ।








Comments are closed.