काठमाडौं । दशैंको अवसरलाई लक्षित गर्दै टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक वित्तीय सुविधा सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. र एनआईसी एशिया बैंक लिमिटेडबीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्मको छुट समेत उपलब्ध हुनेछ । उक्त सुविधा बैंकको प्रचलित ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनहरूको अधीनमा रही लागू हुनेछ । दशैंलाई लक्षित गर्दै ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्न र रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउन यो योजना ल्याइएको हो ।

यस विशेष वित्तीय सहकार्यसम्बन्धी समझदारीपत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट डेपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र एनआईसी एशिया बैंकका तर्फबाट चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित के.सी.ले हस्ताक्षर गरेका छन् ।




Comments are closed.