कमेडी च्याम्पियन तेस्रो सिजनको मार्केटिङको जिम्मा ए.डि रिलिजलाई

काठमाडौं । हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाइएको थियो । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जनाइएको छ ।

पहिलो सीजनमा हिमेश पन्त, सुमन कार्की लगायत दलेदाइको उत्कृष्ट प्रस्तुतिबाट सबको मनमस्तिष्कमा राज गर्न सफल भएको यो कार्यक्रमले दोस्रो सिजनमा भरतमणिको ‘पारस’ र ‘घरबेटि’ तथा सन्तोष थापाको ‘नेपाली टीचर’ र बिक्की अग्रवालको पान्टोमाईमले कार्यक्रमलाई झनै यादगार बनाएको थियो ।

तेस्रो सीजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म सहभागी रहेको विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओ.एस.आर. रियालिटिमा शिघ्र प्रशारणमा आउन लागेको शोको मार्केटिङको जिम्मा मिडिया एजेन्सी ए.डि. रिलिजले लिएको छ । एजेन्सीका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाइबरनेट, आई.एम.ई. लाइफ इन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका साथै के.एल. दुगडद्वारा प्रवर्द्धन गरिएको स्काईवर्थ होम अप्लाएन्सेस् छन् । भोटिङ पार्टनरमा खल्ति तथा मेक अप पार्टनर दी वान युनिसेक्स् सालोन् रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रीशूल र गराज छन् ।

चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौडेलले नै साथ दिनेछन् । निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडि जित्नेछ ।

You might also like

Comments are closed.