काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले २१. ०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको फागुन ९ गते मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई २१. ०५ प्रतिशत लाभांस वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँको पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ११. ०५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
Comments are closed.