नेप्सेमा सूचीकृत कम्पनीले वार्षिक नकिवरण शुल्क बुझाउने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नवीकरण शुल्क बुझाउन सम्बन्धित सदस्य तथा कम्पनीहरूलाई आग्रह गरेको छ ।

नेप्सेले शुक्रबार जारी गरेको सूचनामा आर्थिक वर्ष २०८२/८३ (साउन १ गतेदेखि) को लागि मिति २०८२ असोज १५ गतेभित्र वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

 उक्त म्यादभित्र शुल्क नबुझाउने कम्पनी वा सदस्यले नेप्सेका नियमावली अनुसार अतिरिक्त जरिवाना तिर्नुपर्ने चेतावनी पनि दिइएको छ ।

नेप्सेले सदस्य संस्थाहरूका लागि  क वर्ग सदस्य: रु १,००,०००, ख वर्ग सदस्य: रु ५०,०००, ग वर्ग सदस्य: रु २५,००० वार्षिक शुल्क तोकेको छ । त्यस्तै, सूचीबद्ध कम्पनीहरूका लागि (शेयर पूँजीका आधारमा) शुल्क दर रु ५० करोडसम्मको पूँजी रु २०,००० र रु ५० करोडभन्दा माथि पूँजी: रु ३०,०००  तोकिएको छ ।

शुल्क रकम नेप्सेको नाममा रहेको नेपाल बैंक लिमिटेड, बबरमहल शाखाको खाता नं.०११००९०००९३९०००००१ (Nepse Operating Account) मा जम्मा गर्न सकिनेछ ।

नेप्सेले तोकिएको म्यादभित्र शुल्क बुझाउन सम्बन्धित सबै सदस्य र सूचीबद्ध कम्पनीहरूलाई अनुरोध गर्दै, समयसीमा नाघेमा नेप्से नियमावली, २०७५ को दफा १५ बमोजिम जरिवाना लाग्ने जानकारी दिएको छ ।

सूचना नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको हो ।

You might also like

Comments are closed.