पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले कम्प्युटर तालिम निःशुल्क प्रदान गर्ने भएको छ । बुधबार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरिएको छ । विपन्न परिवारका तथा जेहेन्दार १५ जना विद्यार्थीलाई कम्प्युटर डिप्लोमा कोर्ष प्रदान गरिने क्लबका अध्यक्ष कोपिला श्रीषले बताइन् ।
कम्प्युटर तालिमका लागि क्लबका डाइरेक्टरहरु हाल जापानमा रहेका वीरेन्द्रकुमार पुन र दक्षिण अफ्रिकामा रहेका सुरेन्द्र थापाले १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको श्रीषले जानकारी दिईन् । कम्प्युटर तालिम ग्लोवल आईटी एजुकेसनमा प्रदान गरिनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै जोन चेयरपर्सन सुरेन्द्र पौडेलले क्लबले उत्कृष्ट काम गरेको बताए । छोटो समयमा नै क्लबले धेरै राम्रा काम गरेको उनको भनाई छ ।
कार्यक्रममा डिष्ट्रिक्ट चेयरपर्सन तथा क्लबका एक्स्टेन्सन चेयरपर्सन विकास भुर्तेलले क्लबले गरेका कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य तथा वडा नं २४ का वडा सदस्य सन्तु सुवेदी, क्लबका कोषाध्यक्ष सुशिला रामदाम लगायतले बोलेका थिए । कार्यक्रमको संचालन द्धितिय उपाध्यक्ष उषा मगरले गरेकी थिइन् ।
साथै क्लवमा ९ जना नयाँ सदस्यलाई स्वागत पनि गरिएको छ ।




Comments are closed.