पोखरा । अन्नपूर्ण गाउँपालिका–१, नागडाँडा स्थित श्री शिखर वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सहकारी संस्था सहकार्यबाट चल्नुपर्नेमा जोड दिर्दै सहकारीले न्यून व्याजदरमा गरिवहरुमा पनि ऋण प्रवाह गर्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारीलाई सहकार्यको मर्म अनुसार टोलटोलसम्म पु¥याउनुपर्ने तर्क गरिन् । सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यवराज अधिकारी, शिक्षा अधिकृत वलराम भुगाई, सहकारी शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी, वडाध्यक्षहरु क्रमश १ का भरतजंग कुँवर, २ का चुडामणि अधिकारी र ३ का चन्द्रबहादुर गुरुङ लगायतले वोलेका थिए ।
साधारणसभाले सुशिल भट्टचनको अध्यक्षतामा रहेको तदर्थ समितिलाई पूर्णता दिएको छ । समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा शिवहरी सुवेदी, कोषाध्यक्षमा विरेन्द्र गुरुङ तथा सदस्यहरुमा चित्रमोहन सुवेदी, निमा गुरुङ, प्रकाश सुवेदी, प्रकाश गुरुङ, शंकर केसी, महेश्वर पौडेल र जुमबहादुर दमै छन् ।
त्यस्तै गोविन्द सुवेदीको संयोजकत्वमा लेखा समिति पनि गठन गरिएको छ । जसका सदस्यमा कृष्णप्रसाद पौडेल र हरी केसी छन् । प्रकाश सुवेदीको संयोजकत्वमा कुशल सुवेदी र रामबहादुर गुरुङ सदस्य रहेको शिक्षा उपसमिति पनि गठन गरिएको छ ।
साधारणसभाले सचिव शिवहरी सुवेदीद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष विरेन्द्र गुरुङबाट प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरेको छ ।
साधारणसभाले सामाजिक र शिक्षा क्षेत्रमा गाउँपालिकासँग सहकार्य गरी कार्म गर्ने, बस्तीस्तरमा सहकारी समूह निर्माण गर्ने तथा गरिवी निवारणका लागि न्यूनतम व्याजदरमा ऋण प्रवाह गर्ने लगायतका निर्णय गरेको अध्यक्ष सुशिल भट्टचनले जानकारी दिए ।
सहकारीका अध्यक्ष भट्टचनको अध्यक्षतामा भएको साधारण सभामा सदस्य राजकुमार सुवेदीले स्वागत तथा सदस्य दिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए । सहकारीमा हाल १ सय ४८ शेयर सदस्य छन् ।
Comments are closed.