जिल्ला सहकारी संघ लि. कास्कीको चुनावमा ओली पक्षको लज्जास्पद हार !

पोखरा । जिल्ला सहकारी संघ लि. कास्कीको चुनावमा ओली पक्षीय उम्मेदवारहरुको लज्जास्पद हार भएको छ । चुनावमा राष्ट्रिय प्रतिनिधिको उम्मेदवारमा नेकपा ओली पक्षीय नेता तथा प्रदेश सांसद प्रभा कोइरालासमेत उम्मेदवार भएकी थिइन् । चुनावमा अर्का उम्मेदवार दीपक प्रकाश आचार्यको २१४ मत प्राप्त गर्दा कोइरालाले ८६ मत मात्रै प्राप्त गरेकी छन् । ओली पक्षीय प्रभाका विरुद्ध नेपाली काँग्रेस र प्रचण्ड माधव पक्षीय नेकपा निकट प्यानलबाट आचार्यले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी संघको अध्यक्षमा सावित्रा कोइराला विजयी भएकी छन् । संयुक्त प्यानलबाट उम्मेदवार बनेकी उनले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार बलराम गौतमले ७८ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार धर्मराज अर्यालले ३६ मत प्राप्त गरेका छन् ।

अन्य सम्पूर्ण पदमा पनि संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भएकी भएका छन् । वरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका छविलाल लामेछानेको २२२ मत प्राप्त गरी विजयी हुँदा ओली पक्षीय उमराज बास्तोलाको ८१ मत प्राप्त गरे ।

jutta mela

महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत प्राप्त गरेकी छन् । महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी ठाकुर पोखरेलले ७९ मत प्राप्त गरे । कोषाध्यक्षमा नवराज बरालले २०० मत प्राप्त गरी विजयी हुँदा लक्ष्मण कोइरालाको १०३ मत प्राप्त भएको छ ।

विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा कौशिला गुरुङ (२०६), चन्द्रकुमारी पराजुली, (२१७), मैनादेवी रावत (१९१), बिना लोहनी (२४८) विजयी भएका छन् । खुल्ला सदस्यमा खेमबहादुर गुरुङ (१८६), धनराज पुरी (१६०), लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ (१८७), लेखा समिति सदस्यमा रमण पौडेल (२०२), बिमला कुमारी थापा बस्नेत (१८०) मत प्राप्त गरी विजयी भएका छन् ।

You might also like

Comments are closed.