प्रविधिमैत्री बन्दै मालिका बचत

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउदै लगेको छ । यसैक्रममा सहकारीले अनलाइन बैंक ट्रान्सफर सेवा सुरु गरेको प्रवन्धक जनकबहादुर धामीले जानकारी दिए ।

यो सेवासँगै सहकारीका सेयर सदस्यले घरमै बसेर ५४ वटा बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न सक्नेछन् । यस अगाडि सहकारीले स्मार्ट बैंकिङ एप्ससमेत सार्वजनिक गरिसकेको छ ।

मालिका स्मार्ट बैंकिङ सेवामार्फत सेयर सदस्यले घरैमै बसेर मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सक्छन् । ‘सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन बैंकिङ सेवालाई हामीले प्राथमिकतामा राखेका छौं,’ धामीले भने ।

jutta mela

सहकारीमा २ हजार ५ सय भन्दा बढी सेयर सदस्य छन् । त्यसमध्ये स्मार्ट बैंकिङ सेवा ५ सय भन्दा बढी सेयर सदस्यले प्रयोग गरिरहेका छन् । आगामी दिनमा यो संख्या क्रमशः बढ्ने धामी बताउँछन् ।

काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरु सुन्धारा र मैतीदेवीमा छन् ।

You might also like

Comments are closed.