अर्ब क्लबमा उक्लन सफल कास्कीका यी सहकारीहरु

पोखरा । पछिल्लो समय आर्थिक कारोबारका लागि सहकारीमा धेरैको आकर्षण बढेको छ । कारोबारमा सहजता, छिटोछरितो सेवा, सदस्य केन्द्रित लगानी लगायत विविध कारणले सहकारीहरुमा कारोबार बढ्दै गइरहेको छ । केही सहकारीहरु अर्ब भन्दा माथि कारोबार गर्दै आफूलाई अब्बल रुपमा स्थापित गर्न सफल भएका छन् ।

कास्कीमा अर्ब क्लबमा उक्लन सफल सहकारीहरुमा पोखरा रोयल बचत तथा ऋण सहकारी, कोन सामुदायिक बचत तथा ऋण सहकारी, प्राइम बचत तथा ऋण सहकारी, गौरीशंकर बचत तथा ऋण सहकारी, सयपत्री बचत तथा ऋण सहकारी, फेवा बचत तथा ऋण सहकारी र पोखरा बचत तथा ऋण सहकारी छन् । ऋण लगानी मात्रै होइन शेयर पुँजी, जगेडा कोष, निक्षेप संकलनमा पनि यी सहकारीहरु अब्बल छन् ।

पोखरा रोयल बचत तथा ऋण संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गर्दै १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । २ अर्ब २ करोड रुपैयाँ ब्यालेन्ससिट रहेको सहकारीको सेयर पुँजी २० करोड २५ लाख रुपैयाँ छ । सहकारीको जगेडा तथा अन्य कोषमा १६ करोड ५० लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए । ऋण नोक्सानी कोषमा ५ करोड ७४ लाख रुपैयाँ छ । सहकारीमा ७ हजार ३ सय जना सेयर सदस्य आबद्ध छन् भने मुख्य कार्यालय र सेवा केन्द्रमा गरी ४५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।

त्यसैगरी कोन सामुदायिक बचत तथा ऋण सहकारीको निक्षेप संकलन १ अर्ब ९५ करोड रुपैयाँ छ भने ऋण लगानी १ अर्ब ३८ करोड रुपैयाँ छ । २ अर्ब ४१ करोड रुपैयाँ ब्यालेन्स सिट रहेको सहकारीको सेयर पुँजी १८ करोड १७ लाख रुपैयाँ छ । जगेडा तथा अन्य कोषमा १२ करोड रुपैयाँ र ऋण नोक्सानी कोषमा ४ करोड  ५० लाख रुपैयाँ रहेको महाप्रवन्धक अपिल कोइरालाले जानकारी दिए । सहकारीमा ३ हजार ७ सय ४६ जना सेयर सदस्य आबद्ध छन् भने १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

त्यसैगरी प्राइम बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गर्दै १ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । १ अर्ब ६५ करोड रुपैयाँ ब्यालेन्स सिट रहेको सहकारीको सेयर पुँजी १० करोड रुपैयाँ छ । जगेडा तथा अन्य कोषमा ३ करोड रुपैयाँ छ भने ऋण नोक्सानी कोषमा २ करोड १० लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेलले जानकारी दिए । सहकारीमा १ हजार ७ सय जना सेयर सदस्य आबद्ध छन् भने २६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

गौरीशंकर बचत तथा ऋण सहकारी संस्थामा ६ हजार ५० जना सेयर सदस्य आबद्ध छन् भने २२ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । १२ करोड ४० लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको जगेडा तथा अन्य कोषमा ८ करोड रुपैयाँ र ऋण नोक्सानी कोषमा ३ करोड २५ लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत डम्बर बस्नेतले जानकारी दिए । सहकारीले १ अर्ब १० करोड रुपैयाँ बचत संकलन गरेको छ भने ऋण लगानी ९५ करोड रुपैयाँ गरेको छ । सहकारीको प्यालेन्ससिट १ अर्ब ३५ करोड रुपैयाँ छ ।

 

सयपत्री बचत तथा ऋण सहकारी संस्थाले पनि १ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गर्दै १ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । १ अर्ब ७५ करोड रुपैयाँ ब्यालेन्ससिट रहेको सहकारीको सेयर पुँजी १२ करोड ९८ लाख रुपैयाँ रहेको छ । ८ करोड ६४ लाख रुपैयाँको जगेडा तथा अन्य कोष रहेको सहकारीको ऋण नोक्सानी कोष ७ करोड ६६ लाख रुपैयाँ रहेको छ । ५ हजार २ सय ५६ जना सेयर सदस्य आबद्ध रहेको सहकारीबाट १८ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको प्रवन्धक विकास सुवेदीले जानकारी दिए ।

त्यसैगरी फेवा बचत तथा ऋण सहकारी संस्थाको ब्यालेन्स सिट १ अर्ब १ करोड रुपैयाँ छ । १ हजार ६ सय जना सेयर सदस्य आबद्ध रहेको सहकारीले ७५ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ७८ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । १० करोड रुपैयाँ सेयर पुँजी रहेको सहकारीको जगेडा तथा अन्या कोषमा ५ करोड ८५ लाख रुपैयाँ र ऋण नोक्सानी कोषमा २ करोड ८३ लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत हरिभक्ता पौडेलले जानकारी दिए । सहकारीबाट १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पोखरा बचत तथा ऋण सहकारी संस्थाले ७९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ८८ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गर्र्न सफल भएको छ । १ अर्ब ६ करोड रुपैयाँ ब्यालेन्स सिट रहेको सहकारीको सेयर पुँजी ९ करोड ४२ लाख रुपैयाँ छ । जगेडा तथा अन्य कोषमा २ करोड ४४ लाख रुपैयाँ र ऋण नोक्सानी कोषमा १ करोड ६१ लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत भीष्मप्रताप गुरुङले जानकारी दिए । सहकारीमा ४ हजार ७१ जना सेयर सदस्य आबद्ध छन् भने १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.