कास्कीका सहकारीकर्मीहरुलाई लक्षित गरी स्वास्थ्य परामर्श तथा अन्तरक्रिया गरिने

पोखरा । कास्की जिल्लाका सहकारीकर्मीहरुलाई लक्षित गरी स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रममा आयोजना गरिएको छ । जेठ १३ देखि १५ गतेसम्म प्रत्येक दिन साँझ ७ः३० बजेदेखि कार्यक्रम हुनेछ ।

को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) सेन्टर कास्कीको आयोजना तथा सञ्चार बचत तथा ऋण सहकारी संस्था लि. कास्कीको संयोजनमा कार्यक्रम हुन लागेको हो । कोभिड महामारीलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट कार्यक्रम गर्न लागिएको सञ्चार सहकारीका अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा कोभिड–१९ को संक्रमणबाट कसरी बच्ने ? संक्रमितका परिवारले गर्नुपर्ने व्यावहार र सावधानिहरु के हुन् ?, संक्रमणको पहचान र अस्पताल लानुपर्ने अबस्था कस्तो हुन्छ ?, संक्रमणको त्रास र मनोवैज्ञानिक असर के हुन् ?, रोगप्रतिरोधात्मक शक्ति करारी बृद्धि गर्ने ?, यो अवस्थामा हाम्रो आहारविहार कस्तो हुनुपर्दछ ? लगायतका विषयमा कार्यक्रम केन्द्रित हुने बताइएको छ ।

jutta mela

कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श प्रदान गरिनुका साथै अन्तरक्रिया तथा छलफल पनि हुनेछ । जिल्लामा रहेका सम्पूर्ण सहकारीका सञ्चालक, उपसमिति सदस्य तथा सेयर सदस्यहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

You might also like

Comments are closed.