कोअपरेटिभ प्रेसिडेन्ट्स सोसाइटीको आयोजनामा अनलाईन अन्तरक्रिया

सहकारी संचालकहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी कोप्सले कोरोना महामारी संकटको समयमा उत्पादनमा बृद्दि र सहकारीको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ ? र त्यसका लागि सहकारी अभियान्ताहरुको भुभिका कस्तो रहने भन्ने सन्दर्भमा अनलाईन अन्तरक्रिया एबम छलफल बैठक सोमबार सम्पन्न गरेको छ ।

अन्तरक्रियामा बर्तमान अबस्थामा सहकारीको तरलता ब्यबस्थापन , सहकारी अर्थतन्त्रलाई उत्पादनमूलक काममा लगाई कसरी लगाउने ,बिपदपछिको स्थितिमा शेयर सदस्य र गैर शेयर सदस्यमा रोजगारी कसरी सिर्जना गरि स्वाभिमान र आत्मनिर्भर कर्मचारीहरु र शेयर सदस्यको स्वास्थ्य सुरक्षा ,कर्जा सुरक्षण नीति ,आन्तरिक ब्यबस्थापन ,ब्याजदरको परिवर्तन ,कजाँ रिसेडियुल तालिका ,शेयर सदस्यलाई राहातमुलक एबम सहुलियत दरमा कर्जा प्रदान लगायतका बिबिध पक्षमा छलफल गरिएको कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

छलफलमा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारी , बिशेष अतिथि,कास्की जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल , लेखा संयोजक महेश्वर अधिकारी ,जिल्ला सदस्य संगिता गौतम तिमिल्सिना ,कोप्सका महासचिब रामचन्द्र शर्मा,कोअपरेटिभ म्यानेजर्स कल्बका संस्थापक अध्यक्ष मिलन ढकाल सहभागीको तर्फबाट रतनपाण्डे बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष वसन्त शर्मा अधिकारी , पिपल्स सहकारीका लेखा संयोजक बिष्णु प्रसाद भण्डारी , नेपm्स्कुन क्षेत्रिय कार्यालयका पुर्ब फिल्ड ईन्चार्ज जगन्नाथ लामिछाने ले बर्तमान संकटको बेला सबै सहकारीकर्मीहरु अभियानमा एक जुट भई लाग्नुपर्ने कुरामा जोड दिए ।

उक्त कायक्रममा कोप्सका महासचिव रामचन्द्र शर्माले र्बँमान परिपे्रक्ष्यमा सहकारी संचालकको भुमिका शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकले कोरोना सँग अगाडि भागमा रहेर पनि सेबाका खटिने कर्मचारीहरुको अनिबार्य कोरोना बिमा , कामको प्रकृति अनुशार खटिएका कर्मचारीलाइ कहिकतै महामारीको बिचमा कामबाट निस्कासन नगर्न र कुनैकुनै सहकारीले पुरा पारिश्रमिक नदिएको भन्ने गुनासा सुनिएका ले कहिकतै बाट सो भए वा गराईएको पाईएमा नगर्न अनुरोध गनेँ ,साथै बिपदको घडिमा सरकारले संचालनमा ल्याएको बिपद कोषमा आफुसक्दो सहयोग गर्ने सबै प्रारम्भिक सहकारी लाई हादिँक आभार तथा धन्यबाद दिने निर्णय गरिएको छ । पुम्दिभुम्दी बचत तथा ऋण सहकारी संस्था लि संस्थापक अध्यक्ष यामकुमार बरालले टेक्निकल भुमिका निर्बाह गरेकोउक्त बैठक कोपअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सका संस्थापक अध्यक्ष डिल्लीराम बरालको अध्यक्षता सम्पन्न भएको हो ।

You might also like

Comments are closed.