कोरोना अपडेट : थपिए १९ संक्रमित, १८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ५६५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १८ जना र ६३२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा १ जना गरि कुल १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १४९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १८ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ९२१ पुगेको छ ।

नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । गत चौबीस घण्टामा कसैले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । स्थानीय तह निर्वाचनका कारण कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान प्रभावित भएको हो ।

You might also like

Comments are closed.