लुम्बिनी विकास बैंकका कर्मचारीको कोरोना बीमा

काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी रु १ लाख रुपैयाँ वरावरकोे कोरोना बीमा गरेको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।

बैंक र एभरेष्ट इन्योरेन्स कम्पनी लिमिटेडका बीच बिमा सम्झौता भएको हो । सम्झौता अनुसार अब बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ ।

बिमाले बिषम परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ ।यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न ग्राहकलाई बैंकले आग्रह गरेको छ ।

jutta mela

हाल बैंकले देशभरका सातवटै प्रदेशका ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव २ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.