गण्डकी प्रदेशमा हालसम्म १६८१ जनामा कोरोना संक्रमण

विदेशबाट प्रदेशमा भित्रिए १७३९५ जना, अधिकांश भारतबाट

पोखरा । गण्डकी प्रदेशमा हालसम्म हालसम्म १ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ८ बजेसम्मको विवरण अनुसार प्रदेशभर उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशभर हालसम्म ३१ हजार ४ सय ९७ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये २९ हजार ८ सय १६ जनामा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

संक्रमितहरु मध्य १ हजार ५ सय ४ जना कोरोना मुक्त भइसकेका छन् । निको हुनेहरुको प्रतिशत ८९ दशमलवभ ४७ छ । प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या हालसम्म ५ पुगेको छ । पछिल्लो २४ घन्टामा परीक्षण भएको संख्या ७ सय ७४ रहेको छ ।

प्रदेशभर हाल क्वारेन्टाइनमा रहेकाको संख्या १ हजार १ सय ४० रहेको शर्माले जानकारी दिए । आइसोलेसनमा रहेकाको संख्या १ सय ६६ छ ।

लकडाउन पछि आजसम्म १७ हजार ३ सय ९५ जना विदेशबाट गण्डकी प्रदेशमा भित्रिएका छन् । उनीहरुमध्ये भारतबाट गण्डकी प्रदेशमा आएकाको संख्या १२ हजार २ सय ९१ जना छ । तेस्रो मुलुकबाट गण्डकी प्रदेशमा आएकाको संख्या ५ हजार १ सय ४ रहेको शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.