पोखरा ।
पोखरामा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझँ जारी गरेको विज्ञप्ती अनुसार पोखराकाे वडा ९ का ४ जना महिला र २ जना पुरुषमा कोरोना देखिएको छ ।
पोखरा १९ का ४ जना महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । १ संक्रमित महिलाको वडा खुलेको छैन ।
स्याङ्जामा ६ जना गरी गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् ।
Comments are closed.