पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ४ हजार ९७ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप ३८ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा नवलपरासी पुर्वका २६ जना, बागलुङका २ जना, स्याङ्जाका १ र तनहुंका ९ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
नवलपरासीका संक्रमित मध्य अस्पतालमा कार्यरत कर्मचारी पनि रहेको जनाईएको छ ।
Comments are closed.