भाटभटेनीका कर्मचारीसहित गण्डकी प्रदेशमा थपिए ३३ जना कोरोना संक्रमित

पोखरा ।

गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३३ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा कास्कीका ११ जना, लमजुङका १ जना, गोरखका १२ जना, नवलपरासी पुर्वका ९ जना रहेका स्वास्थ्य
निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कास्कीका संक्रमित मध्य १ जना भाटभटेनी सुपरमार्केट पोखराका कर्मचारी हुन् ।

You might also like

Comments are closed.