एकैदिन थपिए ४३६४ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म ११ लाख ३१ हजार ३ सय ५८ परिक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ संक्रमित संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७१ हजार ३ सय ४३ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.